१३ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले संघका पूर्वअध्यक्ष गणेश थापामाथि अनुसन्धान र कारवाहीका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफामा पत्राचार गर्ने निर्णय गरेको छ ।
एन्फाको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
‘संघका पदाधिकारीहरुको विशेष प्रस्तावमा फिफाबाट प्रतिबन्धित पुर्व अध्यक्ष थापासम्बन्धी विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानबिन गरि कारवाहीको लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्रचार गर्ने निर्णय गरियो’ निर्णयसम्बन्धी विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय एन्फाका महासचिव किरण राईले आफूबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै थापाले राईविरूद्ध साइबर ब्यूरो र अदालतमा मुद्दा दायर गरेका छन् ।
प्रतिक्रिया 4