१६ चैत, काठमाडौं । नेपाल सुपर लिग टोली एफसी चितवनले तेस्रो संस्करणको लागि जर्सी सार्वजनिक गरेको छ । शनिबार सामाजिक सञ्जालमार्फत जर्सी सार्वजनिक गरिएको हो ।
होम र अवेका दुई जर्सी सार्वजनिक गरिएको छ । सेतो र निलो रङको जर्सी सार्वजनिक गरिएको हो ।
यसअघिका दुई संस्करणमा कमजोर प्रदर्शन गरेको चितवनले यसपटक मार्की प्लेअर देखि प्रशिक्षक परिवर्तन गर्दै नयाँ टिम निर्माण गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ ।
चितवनले नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जन विष्टलाई मार्की प्लेअर चयन गर्दै नविन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
चितवनले अघिल्लो सिजनका मार्की तथा कप्तान गोलकिपर विशाल श्रेष्ठसहित डिफेण्डर छिरिङ गुरुङ र मिडफिल्डर रोशन राना मगरलाई पनि रिटेन गरेको थियो ।
यस्तै चितवनले अक्सनमा क्याटेगोरी ए का अभिषेक लिम्बु र सुमित श्रेष्ठ तथा क्याटेगोरी बी का शिशिर लेखी, जय गुरुङ, मिलन राई र निरज चौधरीलाई अक्सनबाट लिएको थियो भने क्याटेगोरी सी को ड्राफ्टबाट विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान र प्रदिप भण्डारीलाई अनुबन्ध गरेको थियो ।
चितवनले लोकल स्टारको रुपमा रोजल दाहाल र ट्यालेन्ट हन्टबाट रुकी गणेश नेपालीलाई अनुबन्ध गरेको छ ।
प्रतिक्रिया 4