+
+
Shares

यी हुन् तीनकुने घटनामा पक्राउ ४१ जना व्‍यक्ति (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते २२:४५

१७ चैत, काठमाडौं। प्रहरीले काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका ४१ जनामाथि ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ४१ जनालाई पाँच दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो।

चैत १५ गते राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने कैयौ घाइते भएका थिए । सोही घटनामा पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनका अनुसार ४१ जनाविरूद्ध दुइटा अनुसन्धान प्रतिवेदन तयार गरी अनुसन्धान अघि बढाइने भएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवल शमशेर राणासहित ११ जनालाई राजद्रोह र संगठित अपराधमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

यसैगरी अन्‍य ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न म्याद दिएको हो ।

जसमध्ये आफूलाई धर्मगुरू बताउने पुष्कर खतिवडा विरूद्ध पनि राजद्रोहको मुद्दा लगाउन लागेको प्रहरीले जनाएको छ।

दुर्गा प्रसाईंका सहयोगी मनिन्द्र राजभण्डारी र गोपाल मल्ल, भक्तपुर बस्ने ४२ वर्षीय सन्तोष चौधरी, ५१ वर्षीय रामकुमार धिमाल, ४१ वर्षीय पशुपति खड्का, ४२ वर्षीय हरिहर चौलागाईं र ३९ वर्षीय विष्णु पराजुली पनि पक्राउ परेका छन् ।

उनीहरू धेरै उग्र भएर तोडफोड र आगजनीमा लागेका व्यक्तिहरू प्रहरीको निष्कर्ष छ । यसैगरी अरू ३० जना पनि विभिन्न सिसिटिभी फुटेज, भिडिओ, फोटोमा देखिएका व्यक्तिहरूलाई पक्राउ प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा चलाइएको छ ।

हेर्नुहोस् तीनकुने घटनामा पक्राउ परेका व्‍यक्तिहरुको सूची :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?