 
																			१८ चैत, काठमाडौं । वामपन्थी नेता एवम् लेखक कमल कोइरालाको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादी पार्टी कार्यालयमा राखिएको छ ।
आइतबार निधन भएका कोइरालाको पार्थिव शरीर आज बिहान आलोकनगरस्थित पार्टी कार्यालयमा राखिएको हो ।
कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए ।
कोइराला पछिल्लो समय एकीकृत समाजवादीमा आवद्ध थिए ।
केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका उनको आइतबार निधन भएको हो ।
श्रद्धाञ्जली पछि आजै अन्त्येष्टि गरिने छ । उनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली पनि जाँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4