 
																						१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला नरोकिएको बताएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले समर्थकहरूलाई सम्बोधन गर्दै सरकारले अहिले पनि आफूमाथि षड्यन्त्र गरिरहेको बताएका हुन् ।
‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलशिला सकिएको छैन,’ उनले भने, ‘तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु ।’
भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले आफूलाई जोगाउन वर्तमान सरकार गठन गरेको बताएका उनले कांग्रेस एमाले मिलेर सरकार बनाउँदा संसद्मा बलियो सशक्त सरकार बन्ने सम्भावना अन्त्य भएको चर्चा गरे ।
‘बलियो सरकार बनाउने सम्भावना कांग्रेस–एमालेले समाप्त गरे । राम्रो गर्नलाई होइन, आफूलाई बचाउन यिनले सरकार बनाएका हुन्,’ उनले भने ।
सरकारले आफ्नो टाउकोमा तरबार झुन्ड्याएर तह लगाउन खोजे पनि आफू नलग्ने उनको भनाइ थियो । ‘सरकारलाई लागेको होला टाउकोमा तरबार झुन्ड्यायो भने यो डराउँछ । तर, म जुन सुकै परिस्थितिसँग जुध्न तयार छु । सरकारले मेरो शीरमाथि राखेको तरबार खसालोस्, म लड्न तयार छु,’ उनले भने, ‘लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाक्षी मान्छे म होइन ।’
म आगो कहाँ बल्ला र तापौंला भनेर बसेको मान्छे होइन, जनतामा आक्रोश आएको छ । त्यसलाई चिनुपर्ने छ, बदलनुपर्नेछ ।
हामीले घण्टी बजायौँ । २१ जना संसदनमा आएपछि सच्चिए होलान् भन्ने लागेको थियो, तर यिनीहरुले चेतेनन् ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4