+

बी डिभिजन लिग : मध्यपुरमाथि च्यासलको शानदार जित

२०८१ चैत  १९ गते १५:५२ २०८१ चैत १९ गते १५:५२
बी डिभिजन लिग : मध्यपुरमाथि च्यासलको शानदार जित

१९ चैत, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लबले मध्यपुर युथ एसोसियसनमाथि शानदार जित हासल गरेको छ । च्यासलले मध्यपुरलाई ४-० गोलअन्तरले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि च्यासलले दोस्रो हाफमा चार गोल गरेको थियो । ५६ औं मिनेटमा आशिष थारूले गोल गर्दै अग्रता दिलाएका थिए। निरज कार्कीले ६०औं मिनेटमा अर्को गोल थप्दै च्यासलको अग्रता दोब्बर पारे ।

त्यसपछि ८९औं मिनेटमा सुजन विष्टकर्माले गोल गर्दै च्यासलको अग्रता ३-० मा पुर्‍याए । खेलको इन्जुरी समयको पाँचौं मिनेटमा कुशल देउवाले च्यासलका लागि चौथो गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए।

बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय