 
																			२० चैत, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरूले आजदेखि नयाँ चरणको सडक आन्दोलन सुरु गर्दैछन् ।
विद्यार्थी तहको वार्षिक परीक्षा सकेर उनीहरूले काठमाडौंकेन्द्रित आन्दोलन सुरु गर्न लागेका हुन् । महासंघले आज दिउँसो १ बजेबाट माइतीघर मण्डलामा धर्ना दिन लागेको हो ।
शिक्षकहरूले माग पूरा नभएसम्म एसईईको उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने घोषणा गरेका छन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने नेपाल शिक्षक महासंघले जिकिर गरेका छन् ।
आन्दोलनमा आउन लागेका शिक्षकलाई महासंघले १० बुँदे निर्देशन दिएको छ ।
हिउँदे अधिवेशनमा पनि विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत नभई संसद अधिवेशन अन्त्य भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने यसबारे छलफल जारी छ ।
समितिले वार्ताका माध्यमबाट समस्या समाधान हुने भएकाले आन्दोलन त्यागेर छलफलका लागि आउन आग्रह गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4