+

सात सरल योगासन, जसले घटाउँछ पेटको बोसो (भिडियोसहित)

२०८१ चैत  २१ गते १२:१७ २०८१ चैत २१ गते १२:१७
Shares
सात सरल योगासन, जसले घटाउँछ पेटको बोसो (भिडियोसहित)

पेटमा बोसो जम्दा शरीर भद्धा देखिने मात्रै होइन यसले विभिन्न स्वास्थ्य समस्यासमेत निम्त्याउँछ । अनावश्यक बोसो बढ्दै जाने हो भने मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगले ग्रस्त बनाउने जोखिम रहन्छ ।

यस्तोमा अनावश्यक पेटमा लागेको बोसो कसरी घटाउने ? धेरैको चिन्ताको विषय नै यही हो ।

पेटको बोसो घटाउने अनेक उपाय छन् । त्यसमध्ये प्राकृतिक र प्रभावकारी तरिका हो, योग । योगाभ्यासले पेटको बोसो मात्र घटाउँदैन, पाचन प्रणालीलाई स्वस्थ राख्छ । शरीरको बनावटलाई एउटा लयमा ढाल्छ ।

नौकासन, हलासन, सर्वाङ्गासन, सेतुबन्धुआसन, त्रिकोणासन, वीरभद्रासन र चुतरङ्ग दण्डासन जस्ता योग अभ्यास दिनहुँ गर्ने हो भने पेटको बोसोलाई घटाउन सहयोग गर्छ ।


तर, यी योगासनबाट कसरी सम्भव छ?

पेटमा लागेको अनावश्यक बोसो घटाउन हाम्रो शरीरमा जम्मा भएको क्यालोरी खपत हुनुपर्छ, जसमा यी सात योगासनहरूले मुख्य भूमिका खेल्छन्। जस्तो कि, वीरभद्रासनले मांसपेशी बलियो बनाउने र मेटाबोलिज्म दर बढाउने काम गर्छ ।

नौकासन गर्दा पेटको रेक्टस एब्डोमिनिस र ट्रान्सभर्स एब्डोमिनिस भनिने मांसपेशी सक्रिय भएर अधिक क्यालोरी खर्च हुन्छ।

सेतुबन्धासन र सर्वाङ्गासनले थाइराइड ग्रन्थीलाई उत्तेजित गर्छन्, जसले टी ३ र टी ४ हार्मोनको उत्पादन बढाएर मेटाबोलिज्म तीव्र बनाउँछ। यसले बोसो छिटो खपत (वर्न)हुने प्रक्रिया सुरुगर्छ।

यता, त्रिकोणासनले पाचन प्रणाली सुधार गर्दै शरीरमा बोसो जम्मा हुने प्रक्रियालाई रोक्छ । साथै, पेटमा हुने ओब्लिक मांसपेशी सक्रिय हुँदा साइड फ्याट कम गर्न मद्दत गर्छ।

त्यसैगरी, हलासनले पनि अन्य योगासन जस्तै फाइदा गर्छ । त्यसबोहक पेटका मांसपेशीहरूलाई सक्रिय बनाउँछ, जसमा रेक्टस एब्डोमिनिस, ट्रान्सभर्स एब्डोमिनिस, र ओब्लिक मांसपेशीहरू प्रमुख छन्।

यी मांसपेशी सक्रिय हुँदा पेटको बोसो घट्न मात्र होइन, पेटको छाला कसिलो र चमकदार पनि हुन्छ।

साथै, हलासनले पेटको भित्री भागमा नयाँ रक्तसञ्चार आपूर्ति गरेर पाचन प्रणाली सुधार गर्छ। राम्रो पाचन हुँदा पेट फुल्ने समस्या कम हुन्छ र शरीरमा अनावश्यक बोसो जम्न पाउँदैन।

हलासनले तनाव कम गर्ने काम गर्छ। तनाव हुँदा शरीरमा कोर्टिसोल हार्मोन बढ्छ, जसले पेटमा बोसो जम्मा गर्न भूमिका खेल्छ। हलासन गर्दा स्नायु प्रणाली शान्त हुन्छ, जसले कोर्टिसोलको स्तर घटाएर पेटको बोसो घट्न सहयोग गर्छ।

त्यसैले, बिहान खालि पेटमा यी अभ्यास नियमित गर्दा शरीरको बोसो घट्दै जान्छ र शरीर टोन हुँदै जान्छ।

बाँकी हेर्नुहोस भिडियोमा 

योग
सुरक्षा बस्नेत
लेखक
सुरक्षा बस्नेत
योग प्रशिक्षक

बस्नेत काठमाडौंको झम्सिखेलस्थित सुरक्षा योग स्टुडियोकी सञ्चालक हुन् । उनले देश तथा विदेशमा योग प्रशिक्षण दिंदै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?