+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रास्वपाको दाबी- रविको २ दिन ३ रातको हिरासत बसाइ अवैध

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते २०:०३

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले कानुनको उचित प्रक्रिया विपरीत भएको ठहर गरेको छ ।

बुधबार साँझ पार्टी कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले उक्त ठहर गरेको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार चैत २२ गते पक्राउ परेका लामिछानेलाई २५ गते मात्रै थुनुवा पुर्जी दिएकाले २ दिन र ३ रातको हिरासत बसाइ अवैध भएको दाबी पार्टीको छ ।

‘चैत २२ गते पक्राउ पर्नुभएका लामिछानेलाई २५ गते मात्रै जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर थुनुवा पुर्जी दिएकाले उहाँको २ दिन ३ रातको हिरासत बसाइ स्वतः अवैध छ,’ बैठकको निर्णय सुनाउँदै बुर्लाकोटीले भने ।

पक्राउ गर्ने बेलामा सभापति लामिछानेको निवासमा प्रहरीले गरेको क्रियाकलाप आपत्तिजनक भएको रास्वपाले बताएको छ ।

‘जिल्ला अदालत रुपन्देहीले प्रक्रिया सुरु नगर्दै सभापति लामिछानेलाई पक्राउ गर्न आफैं सक्रिय भएको प्रहरीले उहाँको निवासमा गरेको क्रियाकलाप झनै आपत्तिजनक छ,’ उनले भनेका छन्, ‘प्रहरीले सभापति रवि लामिछानेलाई गरेको पक्राउ कानुनको उचित प्रक्रिया विपरीत रहेको ठम्याइ छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?