+
+
Shares

ट्रम्पको उच्च भन्सार शुल्कमाथि चीनको जवाफ– ‘हामी चुप लागेर बस्ने छैनौं’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १०:०९

२८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनले पनि कठोर प्रतिक्रिया दिएको छ।

बीबीसीका अनुसार एक चिनियाँ अधिकारीले ‘चीन चुप लागेर नबस्ने’ प्रतिक्रिया दिएका छन् ।

अमेरिकाले चीनमा १०४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि चीनले जवाफी कदमस्वरूप अमेरिकाबाट आयात हुने वस्तुहरूमा भन्सार शुल्क ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्‍याउने निर्णय गरेको थियो।

चीनको यो कदमपछि ट्रम्पले थप कडा प्रतिक्रिया दिँदै चिनियाँ वस्तुहरूमा आयात शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्‍याएका हुन्।

चीनको प्रतिक्रिया

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘जब चिनियाँ जनताको अधिकार र हितमा चोट पुग्छ, त्यस्तो अवस्थामा सरकार चुप लागेर बस्दैन।’

चीनको एक सरकारी पत्रिकाले सम्पादकीयमा लेखेको छ, ‘विश्वव्यापी ऐक्यबद्धताले व्यापारिक दादागिरीमाथि जित हासिल गर्न सक्छ।’

उक्त लेखमा जापान, दक्षिण कोरिया र अन्य एशियाली अर्थतन्त्रहरूसँग बेइजिङको सहकार्यबारे पनि उल्लेख गरिएको छ।

यसैबीच, चीनका वाणिज्य मन्त्री वाङ वेन्टाओले युरोपेली व्यापार आयुक्त मारोस सेफकोविच र मलेसियाका व्यापार मन्त्री जाफरुल अजीजसँग यसबारे वार्ता गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?