+
+
Shares

कर्तव्य ज्यान कसुरका फरार व्यक्ति ३१ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १७:३८

१ वैशाख, काठमाडौं । कर्तव्य ज्यान कसुरका फरार एक व्यक्ति ३१ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको चौंरीदेउराली गाउँपालिका-२ का ५७ वर्षीय दानबहादुर प्रधान रहेका छन् ।

प्रहरीका अनुसार दानबहादुरले १६ वैशाख २०५० मा सोही ठाउँ बस्ने उत्तरबहादुर प्रधानलाई छुरा प्रहार गरेका थिए ।

त्यसपछि फरार रहेको उनी ३१ चैतमा काभ्रेको धुलिखेल नगरपालिका-७ बाट पक्राउ परेका हुन् ।

कर्तव्य ज्यान कसुरमा दानबहादुरलाई २६ माघ २०७६ मा जिल्ला अदालत काभ्रेपलाञ्चोकले जन्मकैदको फैसला सुनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?