+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘बर्खे अधिवेशनको पहिलो साता नै विद्यालय शिक्षा विधेयक पेस गर्न सकिँदैन’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते २०:०६

३ वैशाख, काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले बजेट अधिवेशन सुरु भएको पहिलो साता नै विद्यालय शिक्षा विधेयक पेस गर्न नसकिने बताएका छन् ।

समितिको उपसमितिमा हाल दफावार छलफल चलिरहेको बताउँदै सभापति थापाले प्रक्रिया अनुसार जाँदा पनि जेठमा मात्र सम्भव हुने बताए ।

‘उपसमितिले १९ वैशाखमा प्रतिवेदन बुझाउने समय हो । अधिवेशन सुरु भएको पहिलो साता नै विधेयक संसद्मा पेस गर्न सकिँदैन,’ अनलाइनखबरसँग उनले भने, ‘उपसमितिबाट प्रतिवेदन आएपछि पनि फुल समितिबाट टुंगो लगाउन अर्को २० दिन लाग्छ ।’

सरकारले कुनै तवरबाट ल्याए थाहा भएन नभए अधिवेशनको सुरुमा पेस गर्न नसकिने उनले स्पष्ट पारे । ‘नहुने कुरा गरेर हुँदैन । सरकारले छुट्टै ल्याए थाहा छैन । समितिबाट जान जेठ लाग्छ,’ उनले भने ।

यसअघि सभामुख देवराज घिमिरेले पनि वर्षे अधिवेशनमा बजेटलाई प्राथमिकता दिनुपर्ने भएकाले शिक्षासँग सम्बन्धित विषय सम्बोधन गर्न नकिने बताएका थिए । शिक्षक महासंघले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?