+
+
Shares

अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १७:४३

१० वैशाख, काठमाडौं । प्रहरीको हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्रले तीनकुनेको घटनामा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।

अदालतमा म्याद थपका लागि भएको बहसपछि आफ्नो भनाइ राख्ने क्रममा मिश्रले राज्यविरुद्धको कसुर र संगठित अपराधमा आफ्नो संलग्नता नभएको जिकिर गरेका हुन् ।

बुधबार मिश्रलाई अदालतमा म्याद थपका लागि लगिएको छ । उनको आज म्याद थप गर्ने वा छाड्ने भन्नेबारे केहीबेरमा आदेश आउँदैछ ।

‘यो देशमा ईश्वरको नाममा र जनताको नाममा कसम खानेहरूले धेरै फट्याइँ गरे त्यो फट्याइँ मेरो भावनात्मक कुरा होइन,’ मिश्रले अदालतमा न्यायाधीशसामु भने, ‘त्यो तथ्यगत रूपमा प्रमाणित कुरा हो । आज म ८२ वर्षको मेरी गम्भीर बिरामी आमाको नाममा कसम खाएर भन्छु राज्य विरुद्धको कसुर र संगठित अपराधमा मेरो रत्तिभर संलग्नता छैन ।’

तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?