+

डेम्बेलेको एकमात्र गोलमा पीएसजी पहिलो लेगमा अगाडि

२०८२ वैशाख  १७ गते ८:०२ २०८२ वैशाख १७ गते ८:०२
डेम्बेलेको एकमात्र गोलमा पीएसजी पहिलो लेगमा अगाडि

१७ वैशाख, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा साँघुरो तर महत्वपूर्ण जित हासिल गरेको छ ।

पीएसजीले इंग्लिस क्लब आर्सनललाई उसैको मैदानमा १-० गोलअन्तरले हराएको हो । पीएसजीको जितमा खेलको चौथो मिनेटमै ओस्मान डेम्बेलेले गरेको गोल निर्णायक बन्यो ।

सन् २००९ यता पहिलोपटक सेमिफाइनलमा पुगेको आर्सनलले सुरुवाती समयमा फितलो खेल प्रस्तुत गरेपनि दोस्रो हाफमा सुधारेको थियो । यद्यपी गोल भने फर्काउन सकेन । एकपटक भने गोल भइसक्दा  अफसाइड ठहरिएको थियो ।

अब अर्को साता हुने दोस्रो लेगमा यो अग्रता जोगाउन सके पीएसजीले फाइनलमा स्थान बनाउने छ ।

पीएसजी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय