१८ वैशाख, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एएफसी च्याम्पियन्स लिग एलिटको सेमिफाइनलबाटै बाहिरिएको छ । योसँगै अल नासरबाट एसियाको ठूलो उपाधि जित्ने पोर्चुगिज स्टार रोनाल्डोको चाहना यो सिजन अधुरै रहने भएको छ ।
साउदीको मैदान जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा जापानिस क्लब कावासाकी फ्रन्टलेले अल नासरलाई ३-२ ले पराजित गरेको हो ।
जापानी क्लबले अब फाइनलमै साउदीकै अर्को क्लब अल-अहलीसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा साउदीकै तीन क्लब पुगेपनि फाइनलमा साउदी र जापानि क्लबबीच प्रतिस्पर्धा हुने भएको हो ।
कावासाकीका लागि तात्सुया इतो, युटो ओजेकी र अकिहिरो आएनागाले एक-एक गोल गरे । अल नासरका लागि साडियो माने र आएमन याह्याले गोल गरे । इटोले खेलको १०औं मिनेटमै गोल गर्दै कावासाकीलाई अग्रता दिलाएका थिए । तर अल नासेरका मानेले २८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
युटो ओजेकीले ४१औं मिनेटमा गोल गरेपछि कावासाकीले पहिलो हाफमा फेरि अग्रता लियो । आएनागाले ७६औं मिनेटमा गोल गरेपछि कावासाकी ३-१ को अग्रता सहिज जित नजिक पुगेको थियो । तर अस नासरले सहजै हार मानेन । आएमनले ८७औं मिनेटमा गोल गर्दै अल नासेरको सम्भावना बाँकी नै राखेका थिए ।
अन्तिम समयमा अल नासेरले बराबरी गर्ने अवसर पाएपनि सफल भएन । कप्तान रोनाल्डोले इन्जुरी टाइममा पाएको अवसर सदुपयोग गर्न सकेनन् ।
प्रतिक्रिया 4