+
+
Shares

सरकारको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रँदै गयो : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १६:२८

१८ वैशाख, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रँदै गएको टिप्पणी गरेका छन् ।

१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित आजपा निकटको आम ट्रेड युनियन फेडरेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘सरकारको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रँदै गएको छ । हाम्रा दुई छिमेकी भारत र चीनसँग सम्बन्ध राम्रो छैन्,’ उनले भने ।

मुलुकमा भइराखेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको पनि उनको टिप्पणी छ ।

‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढदै गइरहेको छ । प्रधानमन्त्रजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुःखद छ,’ उनले भने ।

नेपाल सहित विदेशमा श्रमजिवि मजदुरहरु बिभिन्न समस्याका कारण तड्पिरहेको भए पनि सरकार मौन बसेको उनको आरोप छ । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरुले ट्रेड युनियनको हकअधिकार पाउनुपर्ने उनको माग छ ।

नेपालमै रहेका घरेलु कामदारको हकअधिकार सुनिश्चित नभएको उनको भनाइ छ । नेपालमा काम गरिरहेका घरेलु कामदारको हितमा हुने गरी कानुन निर्माणमा सरकारले ढिलाई गर्न नहुने उनले बताए । यथाशिघ्र घरेलु कामदारको हितमा हुने गरी कानुन निर्माण गर्नुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?