+
+
Shares

केआईआईटीमा अर्की नेपाली विद्यार्थी पनि मृत भेटिइन्

भूवनेश्वरको टेलिभिजन ओटिभीका पत्रकार स्वाधीन राउतले अनलाइनखबरसँग कुरा गर्दै ‘त्यहाँका पुलिस कमिश्नरले नेपाली विद्यार्थीको मृत्यु भएको’ पुष्टि गरेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते २१:४५

१८ वैशाख, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरे । उनले भने, ‘वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजेतिर मृत फेला परेकी छन् । घटनाको अनुसन्धान सुरु भएको छ ।’

उनले प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको । तर, परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर जानकारी गराइएको बताए ।

‘अहिले हामीले अनुसन्धान गरिरहेका छौं । घरबाट अभिभावक आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर भनेका छौं,’ कन्सुलर शर्माले भने ।

उनका अनुसार प्रिशा होस्टलमा सिनियर दिदीहरूसँगै बस्ने गरेकी थिइन् । तर, घटनाको क्रममा कोठामा कोही थिएनन् ।

भूवनेश्वरको टेलिभिजन ओटिभीका पत्रकार स्वाधीन राउतले पनि अनलाइनखबरसँग कुरा गर्दै ‘त्यहाँका पुलिस कमिश्नरले नेपाली विद्यार्थीको मृत्यु भएको’ पुष्टि गरेको बताए ।

‘एक जना नेपाली विद्यार्थीको मृत्यु भएको पुलिसले पुष्टि गरेको छ, थप विवरण हालसम्म दिएको छैन’, उनले टेलिफोनमा भने ।

विद्यार्थीहरुले भने उनी वीरगञ्ज निवासी प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी भएको बताएका छन् ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो । घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?