+
+
Shares

पिंगलास्थानबाट स्रोत नखुलेको ९५ लाख रकमसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते २१:०३

२१ वैशाख, काठमाडौं । काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट चार जनालाई आइतबार दिउँसो ४ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

दुईवटा मोटरसाइकलमा सवार उनहरूलाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गरेको थियो । सो पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपैयाँ रकम फेला परेको एसपी बोहराले जानकारी दिए ।

पक्राउ पर्नेहरू काठमाडौंको तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र लमजुङको दोदी गाउँपालिका–३ कै ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन् ।

उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?