+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा निकालियो शोभा यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते ९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुद्ध जयन्ती र लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभा यात्रा गरिएको छ ।
  • कार्यक्रममा विभिन्न सरकारी अधिकारी, धार्मिक गुरु, विद्यार्थी र स्थानीय जनता सहभागी छन् ।

२९ वैशाख, बुटवल । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा शोभा यात्रा निकालिएको छ । सोमबार बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा मायादेवी मन्दिर परिसरमा प्रार्थना सभा भएको थियो । त्यसपछि आज बिहान साढे ७ बजेदेखि शोभा यात्रा निकालिएको हो ।

शोभा यात्रामा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी, भिक्षु-भिक्षुणी, लामा-गुरु, उपसाक-उपासिका, स्थानीय, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

शोभा यात्रामा लुम्विनी क्षेत्रका विद्यालयका छात्रछात्रालाई  विद्यालय पोशाकमै उपस्थित गराइएको थियो ।

मायादेवी मन्दिर परिसरबाट सुरु शोभा यात्रा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्रमा आइपुगेको छ ।

बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन आज लुम्बिनीमा विशेष समारोह आयोजना गरिएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार समितिका संयोजक ढुण्डिराज भट्टराईले विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय सरकारका मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री,  प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने बताए ।

कार्यक्रममा सहभागीमध्ये विद्यार्थीको बाहुल्यता छ । स्थानीयको उपस्थिति न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?