+
+
Shares

स्कुटरमा लागुऔषध बोकेर हिंडेका युवक बाफलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १०:०२

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • सुजन श्रेष्ठ नामक युवकलाई काठमाडौंमा स्कुटरमा लागु औषध बोकेर हिंडिरहेको अवस्थामा पक्राउ गरिएको छ।
  • प्रहरीले उनलाई ट्रामाडोल, नाइट्राजेपाम र नगलद सहित मोबाइल र स्कुटर सहित पक्राउ गरेको हो।
  • उनीविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान जारी रहेको छ र उनलाई ५ दिनको म्याद दिइएको छ।

२९ वैशाख, काठमाडौं । स्कुटरमा लागु औषध बोकेर हिंडेका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ घर भई काठमाडौं टेकु बस्दै आएका १९ वर्षीय सुजन श्रेष्ठ छन् । उनलाई प्रहरीले बा ९७ प ५९४२ स्कुटरमा लागु औषध बोकेर हिंडेको अवस्थामा काठमाडौंको बाफलबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीबाट प्रहरीले ट्रामाडोल ८८ क्याप्सुल, नाइट्राजेपाम १ हजार क्याम्पसु, नगलद १६ हजार, २ थान मोबाइल र स्कुटर बरामद गरेको छ ।

उनीविरुद्ध लागुऔषधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?