
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको समस्याहरू समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
- सरकारले अध्यादेशमार्फत ३० देखि ३२ वटा कानुनहरू संशोधन गरेको र ती कानुनहरूको कार्यान्वयनका लागि तयारी भइरहेको उनले जानकारी दिए ।
- अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर कदम चाल्दै गएको र थप उपलब्धि हासिल गर्न चाहने पनि उनको भनाइ छ ।
२९ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलल निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।
आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा सोमवार नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बजेटमार्फत निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रको सुधारका लागि ठोस कदम चालिने बताए ।
साथै, उनले अहिले प्राप्त उपलब्धिलाई चित्त बुझाएर बस्नुपर्ने अवस्थामा नरहेको पनि बताए ।
‘हामी सुधारका एकपछि अर्को कामहरू चाल्दै जान्छौं । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि सरकार गम्भीर छ । हामी अहिले प्राप्त उपलब्धिहरुमा चित्त बुझाएर बस्ने अवस्थामा छैनौं । अरु थप उपलब्धि हासिल गर्ने दिशामा अघि बढ्छौं,’ अर्थमन्त्री पौडेलले भने ।
अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई स्पष्ट रूपमा बुझ्ने दाबी गर्दै विगतका ढिलासुस्ती र अवरोध अन्त्य गर्नेतर्फ सरकार प्रतिवद्ध रहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।
निजी क्षेत्रलाई माथि उकास्नकै लागि सरकारले अध्यादेशमार्फत ३०–३२ वटा कानुनहरू संशोधन गरेको जिकिर गरे ।
‘वर्तमान सरकार अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्वलाई राम्रोसँग बुझ्दछ । त्यही भएर हामीले सरकार बनेपछि निजी क्षेत्रले लामो समयदेखि भोगिरहेका समस्याहरू समाधान गर्ने शिलशिलामा केही महत्त्वपूर्ण प्रयासहरू गरेका छौं,’ अर्थमन्त्री पौडेलले भने, ‘अध्यादेशको माध्यमबाट करिब ३०/३२ वटा कानुनहरू परिवर्तन गरेका छौं । अध्यादेशबाट सुरु भएको कानुन संशोधनको प्रक्रियाले संसदबाट पूर्णता समेत प्राप्त गरेको छ । हामी ति संशोधनका प्रवन्धहरुलाई कार्यान्वयन गर्नका निम्ति आवश्यक नियमावली र निर्देशिकाहरू बनाएर अघि बढ्दैछौं ।’
प्रतिक्रिया 4