+
+
Shares

‘कमेडी नाइट विथ च्याम्पियन्स’ले किन सजन र कैलाशको जोक्समा कैंची चलायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते २१:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले सामाजिक संजाल र सार्वजनिक विरोधपछि दुई कमेडियनको भाग हटाएको छ।
  • निर्देशक विशाल भण्डारीले विरोधका कारण कैलाश कार्की र सजन श्रेष्ठको प्रस्तुतिमा कटौती गरिएको बताएका छन्।
  • विरोधको मुख्य कारण कार्की र सजनले गरेका जोकहरू र ती जोकहरूले उभिएको विवाद हो।

काठमाडौं । सामाजिक संजालमा विरोध भएपछि कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले दुई सन्दर्भका प्रस्तुतिलाई मंगलबारको एपिसोडबाट हटाएको छ ।

निर्देशक विशाल भण्डारीले केही संस्थाले विज्ञप्ति नै जारी गरेर विरोध गरेको र सोसल मिडियामा पनि असन्तुष्टि आएपछि कमेडियन कैलाश कार्की र सजन श्रेष्ठको प्रस्तुतिमा कैंची चलाइएको बताए ।

केही दिनअघि युट्युबमा सार्वजनिक भएको ट्रेलरपछि यी दुईजना कमेडियनको प्रस्तुतिलाई लिएर विरोध भएको थियो । कार्कीले निश्चल बस्नेतलाई रोस्ट गर्दै ‘युट्युब पत्रकारलाई चप्पल हान्नुपर्ने’ आशयको जोक गरेका थिए ।

यसैसाता आयोजित फिल्म ‘महाभोज’को पत्रकार सम्मेलनमा अभिनेता बस्नेत र केही युट्युब पत्रकारबीच भनाभन भएको थियो । यो सन्दर्भलाई लिएर कमेडियन कार्कीले कटाक्ष गरेका थिए ।

अर्कोतर्फ, सजनको प्रस्तुति पनि विवादमा परेपछि उनको प्रस्तुतिलाई केही काटिएको निर्देशक भण्डारीले बताए । सजनले रवि लामिछाने र ‘सहकारी ठगी’बारे जोक गरेका थिए । ‘धेरै गाली आएर काट्नुपर्‍यो’ भण्डारीले भने ।

यी प्रस्तुतिमा कैंची चलाउँदै शोको एपिसोड मंगलबार बेलुका हिमालय टिभीमा प्रसारण भयो । युट्युब बाट पनि एपिसोडको ट्रेलर हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?