+
+
Shares

संसद्‍मा उठ्यो राइड सेयरिङको भाडादरको विषय

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद महेश बस्नेतले काठमाडौं उपत्यकामा राइड सेयरिङ र अनलाइन सेवाहरूले मनोमानी भाडा लिइरहेको र कर नतिरेको आरोप लगाएका छन्।
  • उनीले सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गरेका छन् र यसले ठूलो आर्थिक ठगी भएको बताएका छन्।
  • अन्तर्राष्ट्रिय हवाई सेवाहरूले यात्रुहरूलाई लामो समयसम्म कुराउने र उडान रद्द भए जिम्मा नलिने प्रवृत्ति देखिएको उनले बताए।

३१ वैशाख, काठमाडौं । राइड सेयरिङको भाडादारको विषय संसद्‍मा उठेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद महेश बस्नेतले यो विषय उठाएका हुन् ।

‘काठमाडौं उपत्यकामा इनड्राइभ जस्ता अनलाइन सेवाहरूले ग्राहकलाई मनपरी भाडा लिएर र सरकारलाई एक पैसा कर नतिरि अर्बौं ठगी गरिरहेका छन्’, उनले भने । यो विषयमा सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ ।

नेपालका आन्तरिक हवाइ सेवाले समेत यात्रुहरूलाई आधा घण्टाका लागि चार घण्टा सम्म कुराउने र उडान रद्द भए जिम्मा नलिने प्रवृति नरहेको भनेर समेत उनले सरकारको ध्यानाकर्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?