
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको सरकारको कुल बेरुजु रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।
- यसमध्ये, करबाह रकम ४ खर्ब ७२ अर्ब ३५ करोड रहेको छ।
- अझै पनि वैदेशिक अनुदान, ऋण र ब्याजलगायत अन्य बक्यौता रकम बाँकी रहेको छ।
३१ वैशाख, काठमाडौं । राजस्व बक्यौता उठाउन नसक्दा बेरुजु रकम चुलिँदै गएको देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म कुल बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड पुगेको छ । यसमध्ये कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु रकम ५ खर्ब ५१ अर्ब २ करोड रुपैयाँ छ ।
यस्तो बेरुजुमध्ये पनि राजस्व बक्यौताको हिस्सा ४ खर्ब ७२ अर्ब ३५ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान ६ अर्ब २५ करोड, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण १४ अर्ब ३३ करोड, जमानत बसी ऋण लिएको भाखा नाघेको साँवा ब्याज ४९ अर्ब ३७ करोड र लेखा परीक्षण बक्यौता ८ अर्ब ७१ करोड रुपैयाँ रहेको देखिएको छ ।
प्रतिक्रिया 4