३१ बैशाख, काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले कीर्तिपुर बास्केटबल क्लबलको अपराजित यात्रा टुङ्गयाउँदै हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा दोस्रो जित हात पारेको छ ।
कीर्तिपुर कभर्डहलमा बुधबार भएको खेलमा गोल्डेनगेटले कीर्तिपुरलाई ९२-६५ ले पराजित गरेको हो । दोस्रो जितपछि गोल्डेनगेटले ३ खेलबाट ६ अंक जोडेको छ । पहिलो हार व्यहोरेको कीर्तिपुरको पनि ३ खेलबाट समान ६ अंक नै छ ।
पहिलो क्वाटर गोल्डेनगेटले २९-२१ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो क्वाटरमा कीर्तिपुरले पुनरागमन गर्दै २४-१९ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म गोल्डेनगेटले ४८-४५ को झिनो अग्रता बनाएको थियो ।
तर तेस्रो र चौथो क्वाटर २१-९ र २३-११ ले आफ्नो पक्षमा पारेपछि गोल्डेनगेटले सहजै खेल जितेको हो ।
गोल्डेनगेटका लागि अजय कुश्वाहाले सर्वाधिक २२ अंक जोडे । उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर पनि घोषित भए । कीर्तिपुरमा लागि सयुन राईले १७ अंक स्कोर गरे ।
प्रतिक्रिया 4