News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आज बहराइनसँगको खेल जित्न आवश्यक छ ताकि समूह चरण पार गरी सुपर थ्री मा स्थान बनाउन सकियोस्।
- समूह सी मा हङकङ पहिलो स्थानमा रहेको छ र नेपाल दोस्रो स्थानमा छ, र नेपालले हङकङलाई पछि पार्न खेल जित्नुपर्छ।
- यदि नेपाल र हङकङको समान अंक हुन्छ भने नेटरनरेट निर्णयले अन्तिम परिणाम तय हुनेछ।
१ जेठ, काठमाडौं । थाइल्याण्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ ।
समूह सी मा रहेको नेपाल र बहराइनबीचको खेल बैंककस्थित टेरथाई ग्राउण्डमा नेपाली समय अनुसार १२:१५ बजे सुरु हुनेछ ।
समूह चरण पार गर्दै सुपर थ्री मा पुग्ने सम्भावना कायम राख्न नेपालले आज बहराइनलाई हराउनैपर्नेछ ।
समूह सी मा हङकङ ३ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट नेपाल ३ अंकसहित दोस्रो स्थानमा छ ।
समूह विजेता मात्र सुपर थ्री मा पुग्ने भएकोले नेपालले हङकङलाई पछि पार्नुपर्नेछ ।
त्यसका लागि नेपालले आजको खेल जितेर २ अंक जोड्नुपर्नेछ । यस्तै समूहको अन्तिम खेलमा बहराइनले हङकङलाई हराउनुपर्नेछ ।
यदी नेपाल आज जित्ने र हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाका कारण रद्ध भएमा नेपाल र हङकङको समान ५ अंक हुनेछ । यस्तोमा नेटरनरेट निर्णया हुनेछ ।
यसअघि ५ ओभरमा छोट्याइएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको थियो । यस्तै नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने ५ ओभरमा छोट्याइएको अर्को खेलमा पराजित भएको थियो ।
प्रतिक्रिया 4