+
+
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसनको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
  • कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ, जुन नियामक स्वीकृति र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।
  • हाल बजारमा कम्पनीको सेयर मूल्य लगभग ९६० रुपैयाँ रहेको छ।

१ जेठ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश छ । सो घोषित लाभांश नियामक बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।

हाल बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६० रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?