+
+
Shares

इम्बोस्ड नम्बर प्लेट छपाइमा साढे ९२ करोड बढी खर्च, जडान न्यून

नम्बर प्लेट छपाइका लागि ९२ करोड ६२ लाख ५९ हजार खर्च भएकोमा प्रदेश सरकार मातहत यातायात कार्यालयबाट ६३ हजार २ सय ८९ थान मात्रै जडान भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १५:०१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटको लागि ९२ करोड ६२ लाख रुपैयाँ खर्च गरेको छ।
  • यद्यपि, केवल ६३ हजार २ सय ८९ नम्बर प्लेट मात्र जडान भएको र कार्यान्वयन प्रभावकारी नभएको प्रतिवेदनले देखाएको छ।
  • प्रतिवेदन अनुसार, यस वर्षसम्म ५ लाख ९२ हजार ८ सय ९ नम्बर प्लेट छपाइ गरिएको भए पनि, आवश्यक संख्या भन्दा कम जडान भएको छ।

१ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटका नाममा ९२ करोड ६२ लाख ५९ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयको ६२औं प्रतिवेदनमा उक्त रकम खर्च गरिएको उल्लेख छ ।

नम्बर प्लेट छपाइका लागि ९२ करोड ६२ लाख ५९ हजार खर्च भएकोमा प्रदेश सरकार मातहत यातायात कार्यालयबाट ६३ हजार २ सय ८९ थान मात्रै जडान भएको छ ।

प्रतिवेदनले उल्लेख गरे अनुसार यातायात व्यवस्था विभागले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न एक सेवा प्रदायकसँग सम्झौता गरी यस वर्षसम्म ५ लाख ९२ हजार ८ सय ९ थान नम्बर प्लेट छपाइ गरेको थियो ।

यातायात व्यवस्था विभागले २२ कात्तिक २०७८ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नयाँ सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको र २८ कात्तिक २०७९ देखि सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरे तापनि उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?