+
+
Shares

अनलाइनखबरको प्रधान सम्पादकमा बस्नेत, गाउँलेको बिदाइ

संस्थाका अध्यक्ष भुसालले ४ वर्षभन्दा बढी समयसम्म न्यूजरुमलाई नेतृत्व प्रदान गरेकोमा गाउँलेलाई धन्यवाद दिंदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते २०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनलाइनखबरको नयाँ प्रधान सम्पादक बसन्त बस्नेत नियुक्त भएका छन् ।
  • निवर्तमान प्रधान सम्पादक शिव गाउँलेले ४ वर्षभन्दा बढी समय नेतृत्व प्रदान गरेपछि बिदाइ गरिएको हो।
  • बस्नेतले गहिरो र गतिशील समाचार प्रवाह गर्ने लक्ष्य राखेका छन् र नयाँ पुस्ताका सक्षम सञ्चारकर्मीलाई नेतृत्व हस्तान्तरण भएको छ।

१ जेठ, काठमाडौं । अनलाइनखबर डटकमको प्रधान सम्पादकमा बसन्त बस्नेत नियुक्त भएका छन् ।

अनलाइनखबर नेपाल प्रा.लि.को सञ्चालक समिति बैठकले बस्नेतलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै निवर्तमान प्रधान सम्पादक शिव गाउँलेले दिएको राजीनामा पनि स्वीकृत भएको छ ।

बस्नेतले १ साउन २०७९ देखि अनलाइनखबरमा सम्पादकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बस्नेतले यसअघि कान्तिपुर दैनिकमा राजनीतिक संवाददाता, नागरिक दैनिकमा रिपोर्टिङ तथा सम्पादनको कार्य गरिसकेका छन् । अन्नपूर्ण टुडेमा सम्पादक, अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार सम्पादक, नेपाल म्यागजिनमा सम्पादक र शिलापत्र डटकममा प्रधान सम्पादकको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

बस्नेतका मधेश आन्दोलनको सेरोफेरोमा लिखित ‘७२ को विस्मय’, उपन्यासहरू ‘महाभारा’ र ‘सिमसारा’ पुस्तक प्रकाशित छन् ।

प्रधान सम्पादक गाउँलेको बिदाइ

यसैबीच अनलाइनखबर नेपाल प्रा.लि.ले निवर्तमान प्रधान सम्पादक शिव गाउँलेको बिदाइ गरेको छ । गाउँले १६ फागुन २०७७ मा अनलाइनखबरकाे प्रधान सम्पादक नियुक्त भएका थिए ।

बिदाइ कार्यक्रममा अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक सुरेश भुसाल सहित सम्पादकीय सहकर्मीहरुको उपस्थिति थियो ।

संस्थाका अध्यक्ष भुसालले ४ वर्षभन्दा बढी समयसम्म न्यूजरुमलाई नेतृत्व प्रदान गरेकोमा गाउँलेलाई धन्यवाद दिंदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।

‘उहाँको उपस्थितिले तीव्र गतिको धावक समाचार कक्षलाई अनुसन्धानमूलक र लङफर्म फर्म्याटमा पनि अनलाइनखबरले अलग पहिचान बनाएको छ’ उनले भने, ‘यो बीचमा परिवर्तन भएका यी डीएनएलाई समेत समेट्दै अनलाइनखबर अघि बढ्नेछ ।’

निवर्तमान प्रधान सम्पादक गाउँलेले नेपालको नम्बर एक अनलाइनको एउटा महत्वपूर्ण चरणमा नेतृत्व गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै नयाँ पुस्ताको सक्षम सञ्चारकर्मीलाई कार्यभार हस्तान्तरण गर्न पाउनु सुखद् भएको बताए ।

‘सक्षम र योग्य समाचार कक्षले यो अवधिमा गहन र खोजमूलक समाचारमा पनि फरक मानक कायम गरेको छ’ उनले भने, ‘एउटा ऊर्जावान् र सक्षम सम्पादकलाई नेतृत्व हस्तान्तरण गरेर जाँदा अनलाइनखबरले अझ फरक पहिचान बनाउने विश्वास लिएको छु ।’

नवनियुक्त प्रधान सम्पादक बस्नेतले निवर्तमान प्रधान सम्पादकसँगको सिकाइ समाचार कक्षका लागि पूँजी भएको भन्दै आगामी दिनमा अनलाइनखबरको समाचारमा गति र गहिराइ दुवै दिइने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?