+

डब्लुटिसी फाइनल खेल्ने दक्षिण अफ्रिकी खेलाडीले आईपीएलको प्लेअफ गुमाउने

२०८२ जेठ  १ गते १६:५४ २०८२ जेठ १ गते १६:५४
डब्लुटिसी फाइनल खेल्ने दक्षिण अफ्रिकी खेलाडीले आईपीएलको प्लेअफ गुमाउने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकी ८ खेलाडीहरूले विश्व टेस्ट च्याम्पियनसिप फाइनलको तयारीका लागि आईपीएल प्लेअफ गुमाउने भएका छन्।
  • यी खेलाडीहरू मे ३० मा दक्षिण अफ्रिकाको टोलीसँगै बेलायत प्रस्थान गर्नेछन् र ११ मा अष्ट्रेलियाविरुद्ध फाइनल खेल्नेछन्।
  • क्रिकेट दक्षिण अफ्रिका र आईपीएलले यी खेलाडीहरूको चाँडो फर्किने सहमति गरिसकेको छ, जसले फाइनलमा उनीहरूको भाग लिन सक्ने सुनिश्चित गर्दछ।

१ जेठ, काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनल खेल्ने ८ जना दक्षिण अफ्रिकी खेलाडीहरूले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्लेअफ गुमाउने भएका छन् ।

फाइनलको तयारीका लागि उनीहरू मे २७ भित्र स्वदेश फर्किने भएका कारण उनीहरूले आईपीएल २०२५ को प्लेअफ गुमाउने भएका हुन् ।

यी खेलाडीहरूमा कगिसो रबाडा (गुजरात टाइटन्स), एइडन मार्करम (लखनउ सुपर जायन्ट्स), मार्को यानसेन (पञ्जाब किंग्स), ट्रिस्टन स्टब्स (दिल्ली क्यापिटल्स), लुंगी एङ्गिडी (रोयल च्यालेन्जर्स बेंगलुरु), वियान मुल्डर (सनराइजर्स हैदराबाद), रायन रिकेलटन र कोर्बिन बोश (मुम्बई इन्डियन्स) रहेका छन्।

यी सबै खेलाडीहरू मे ३० मा दक्षिण अफ्रिकाको डब्लुटिसी फाइनल टोलीसँगै बेलायत प्रस्थान गर्नेछन्। उनीहरू जुन ३ देखि अरेन्डलमा जिम्बाब्वेसँग अभ्यास खेल खेल्ने तयारीमा छन्। डब्लुटिसी फाइनल जुन ११ मा अष्ट्रेलियाविरुद्ध लर्ड्समा हुनेछ।

क्रिकेट दक्षिण अफ्रिका (सीएसए)ले आईपीएलसँग वार्ता गरी यी खेलाडीहरूको चाँडो फर्किने सहमति गरिसकेको छ। च्याम्पियनसिप फाइनलको महत्वलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।

फाइनलमा नखेल्ने अन्य दक्षिण अफ्रिकी खेलाडीहरू भने आईपीएल समाप्त नहुँदासम्म टोलीमै रहनेछन्।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय