+
+
Shares

कैलालीमा हावाहुरीले ढालेको रुखले लाग्दा शिक्षकको मृत्यु

कैलालीमा हावाहुरीले ढालेको रुखले लाग्दा शिक्षकको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हावाहुरीले धनगढीको कैलालीमा रुख ढालेको कारण शिक्षकको मृत्यु भएको छ।
  • प्राचार्य कर्णबहादुर भण्डारीलाई हावाहुरीले लाग्दा घाइते भएका थिए र उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ।
  • हावाहुरीका कारण रुख ढलेको घटनामा शिक्षकको मृत्यु भएकोले स्थानीय प्रशासनले आवश्यक कदम चाल्ने तयारी गरेको छ।

२ जेठ, धनगढी । कैलालीमा हावाहुरीले ढालेको रुखले लाग्दा शिक्षकको मृत्यु भएको छ ।

शुक्रबार बिहान आएको हावाहुरीले ढालेको रुखले लागेर राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको मृत्यु भएको हो ।

कैलालीका डीएसपी राजकुमार सिंहले घोडाघोडी नगरपालिका–१, सुन्दर टोलका भण्डारीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको पुष्टि गरे ।

बिहान चलेको हावाहुरीका कारण सालको रुख ढलेको थियो । उक्त रुखले लाग्दा ५२ वर्षीय भण्डारी घाइते भएका थिए ।

घाइते भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो । तर, त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पताल ल्याइएको थियो ।

भण्डारीको उपचारका क्रममा मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?