
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको बुद्धको मूर्ति सस्तोमा दिने भन्दै दुई व्यक्तिबाट रकम लिएर फरार भएका व्यक्ति पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा संखुवासभाको काशिनाथ पौडेल रहेका छन्, जसलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।
- उनीहरुले भक्तपुर र काठमाडौंमा रहेका व्यक्तिहरूबाट रकम लिएका थिए र अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।
२ जेठ, काठमाडौं । सुनको बुद्धको मूर्ति सस्तोमा दिने भन्दै दुई जनाबाट २१ लाख रुपैयाँ लिएर फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ बाइसजोरे बस्ने ४९ वर्षीय काशिनाथ पौडेल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
सस्तोमा सुनको बुद्धको मूर्ति दिन्छु भन्दै गत ८ मंसिरमा भक्तपुर बस्ने प्रेमकुमार विकबाट १० लाख र काठमाडौं न्यूरोड बस्ने राजकुमार विकबाट ११ लाख ८५ हजार रुपैयाँ लिएर उनी फरार भएको प्रहरीले बताएको छ ।
बिहीबार पक्राउ परेका उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4