+
+
Shares

रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ५० दिनदेखि प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्न आदेश दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रलाई ५० दिनदेखि हिरासतमा राखिएको अवस्थामा थुनामुक्त गर्न आदेश दिएको छ।
  • रवीन्द्र मिश्रलाई प्रहरी हिरासतमा राखिएको विषय अदालतको ध्यानाकर्षण भएपछि अदालतले यस्तो आदेश दिएको हो।
  • यस निर्णयले राजनीतिक नेताहरुको हिरासत सम्बन्धी कानुनी प्रक्रिया र अधिकारलाई जोड दिन्छ।

२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ५० दिनदेखि प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो ।

उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ । गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका पक्राउ गरेको थियो ।

राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?