+
आईपीएल २०२५ :

रोकिएको आईपीएल आजदेखि फेरि सुरु हुँदै

२०८२ जेठ  ३ गते ७:३३ २०८२ जेठ ३ गते ७:३३
रोकिएको आईपीएल आजदेखि फेरि सुरु हुँदै

३ जेठ, काठमाडौं । भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू आजदेखि फेरि सुरु हुँदै छन् ।

अघिल्लो शुक्रबार बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल एक साताका लागि स्थगित गर्ने निर्णय भएको थियो । त्यसअघि बिहीबारको खेल चल्दै गर्दा बीचमै रोकिएको थियो ।

आईपीएल पुन: सुरु हुँदाको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ ।

आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि नै आउट भइसकेका छन् । अब ७ टिम प्लेअफ होडमा रहँदा तीमध्ये कोलकाता र लखनउको भने सम्भावना सबैभन्दा कम छ ।

शनिबारको खेलमा बेंगलुरु विजयी भए प्लेअफ पुग्ने पहिलो टिम बन्नेछ भने कोलकाता बाहिरिने चौथो टिम बन्नेछ । कोलकाता विजयी भएमा प्लेअफको झिनो आशा जीवितै रहनेछ ।

अंकतालिकामा हाल गुजरात टाइटन्स ११ खेलमा १६ अंकसहित शीर्षस्थानमा छ । बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रोमा छ भने पञ्जाब किङ्स ११ खेलमा १५ अंकसहित तेस्रोमा, मुम्बई १२ खेलमा १४ अंकसहित चौथोमा छ ।

यस्तै दिल्ली ११ खेलमा १३ अंकसहित पाँचौं, कोलकाता १२ खेलमा ११ अंकसहित छैटौं र लखनउ ११ खेलमा १० अंकसहित सातौं स्थानमा छ ।

हैदराबाद १२ खेलमा ७ अंकसहित आठौं, राजस्थान १२ खेलमा ६ अंकसहित नवौं र चेन्नई १२ खेलमा ६ अंकसहित १०औं स्थानमा छ ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय