+
+
Shares

भीम रावलको गृह जिल्लाबाट प्रचण्डको अपिल- भौंतारिएर हुँदैन, सहकार्य गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले एमालेबाट कारबाहीमा परेका नेता भीम रावललाई सहकार्य गर्न आग्रह गरेका छन्।
  • उनले रावल र अन्य इमानदार कम्युनिस्टहरूलाई पार्टीमा फर्किन आग्रह गरेका छन्।
  • प्रचण्डले सहकार्यको माध्यमबाट पार्टीको सफलता सुनिश्चित गर्न आवश्यक रहेको बताए।

३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावललाई सहकार्यका लागि अपिल गरेका छन् ।

शनिबार रावलको गृह जिल्ला अछाम पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले साँफेबगरमा आयोजित एक सभाबाट सहकार्यको अपिल गरेका हुन् ।

‘कुनै बेला त पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो, भीम रावल । मैले भीम रावलको सम्पर्क कार्यालय आउँदा आउँदै बाटोमा देखेँ । मैले हिजोमात्रै उहाँसँग फोनमा पनि कुरा गरेको थिएँ,’ प्रचण्डले ले भने, ‘उहाँले हाम्रो अभियानको सफलताको शुभकामना पनि भन्नुभएको थियो । मैले भनेको थिएँ, तपाईं हामी बसेर कुराकानी गर्नुपर्ने ठाउँमा तपाईं को को सँग कुरा गरिराख्नुभएको छ ? भनेको छु ।’

रावलसहित अन्य कार्यकर्तालाई पनि पार्टीमा आउन अपिल गर्दै उनले भौंतारिएर केही फाइदा नहुने बताए ।

‘म यो साफेँबगरको माञ्चबाट भीम रावल लगायत इमानदार कम्युनिस्टहरूलाई इमानदार कम्युनिस्ट सँगै सहकार्य गर्न अपिल गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘अन्त भौंतारिएर केही फाइदा छैन । भीमजी प्रति मैले सद्भावसहित यो अपिल गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?