
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाको नाम्खा गाउँपालिकामा तत्काल उद्धार र सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
- प्रचण्डले फेसबुकमा लेख्दै स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको र सरकारको उपस्थिति नभएको बताए।
- उनीहरूले हिमताल फुटेर आएको पहिरोले जोखिम बढेको र जलवायु परिवर्तनको असरले हिमताल फुट्ने जोखिम बढिरहेको बताए।
५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो प्रभावित हुम्लाको नाम्खा गाउँपालिका ६ तिलगाउँमा तत्काल उद्धार तथा जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
साथै जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशन समेत दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको तर अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले झन् गम्भीर बनाएको जनाएका छन् ।
‘हिमताल फुटेर पहिरो आएकोले बस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको तथा स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको तर अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले झन् गम्भीर बनाएको छ,’ उनले लेखेका छन् ।
उनले थप लेखेका छन्, ‘तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशित गर्दछु ।’
साथै प्रचण्डले साथै जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया 4