+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनीका २ विद्यालय

रासस रासस
२०८२ जेठ ५ गते १०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेनी नगरपालिकामा विद्यार्थी सङ्ख्या घट्दै गएपछि दुई विद्यालय बन्द भएका छन्।
  • शिक्षा अधिकृतले नयाँ सत्रमा विद्यार्थी नआए विद्यालय बन्द भएको बताए।
  • गत वर्ष एक विद्यालयमा ५ र अर्को विद्यालयमा ३ विद्यार्थी थिए।
  • सामुदायिक विद्यालयहरू बसाइँसराइ, निजी विद्यालयको आकर्षण र शिक्षक अभावले संकटमा परेका छन्।

५ जेठ, म्याग्दी । विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् ।

बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको बताए ।

‘बन्द भएका जगन्नाथ र ओखले आधारभूतलाई विद्यार्थी सङ्ख्या न्यून भएकाले गत शैक्षिक सत्रमा १–३ बाट कक्षा घटुवा गरेर बालकक्षा मात्र सञ्चालन भएको थियो’, उनले भन्नुभयो “यसपाली बालकक्षा पढ्ने विद्यार्थी पनि नभएपछि विद्यालय बन्द भएका हुन् ।’

गत वर्ष ओखले आधारभूतमा पाँच र जगन्नाथमा तीन जना विद्यार्थी थिए । ओखलेका बालविकास सहयोगीलाई दिपक मावि र जगन्नाथका बालविकास सहयोगीलाई डिम्ब आधारभूतमा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ ।

नगर प्रमुख सुरत केसीका अनुसार कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो ।

तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने, विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको नगर प्रमुख केसीले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?