
५ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबमा ग्रीस पठाउने भन्दै ८ लाख लिएर फरार व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ७६ वर्षीय नरवीर राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
राईले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4