+
+
Shares

प्राचीन स्मारक संरक्षण ऐन कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ भेलुखेल बस्ने ३६ वर्षीय विकास देउला छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी विकास देउला पक्राउ परेका छन्।
  • उनीलाई जिल्ला अदालत काठमाडौंले २०७६ असोज १० गते १ वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना तोकेको थियो।
  • उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरबाट पक्राउ गरी कारागार पठाएको हो।

५ जेठ, काठमाडौं। प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ भेलुखेल बस्ने ३६ वर्षीय विकास देउला छन् ।

जिल्ला अदालत काठमाडौंको २०७६ असोज १० गतेको फैसलाले उनलाई १ वर्ष कैद सजाय र ५ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–५ भेलुखेलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?