+
+
Shares

एमालेलाई ०८४ मा बहुमत ल्याउन असम्भव छैन : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको बताए।
  • उनले समानुपातिक प्रणालीमा बहुमत ल्याउन सकिने बताए।
  • ओलीले प्रणाली परिवर्तन नभएको र यसै प्रणालीभित्र बहुमत ल्याउने तयारी रहेको पनि बताए।

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गरेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले एकल बहुमत ल्याउने काम कष्टपूर्ण भए पनि एमालेका लागि त्यो सम्भव भएको जिकिर गरे ।

‘हामीले मिसन ८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएका छौं । यो असम्भव छैन । यो विल्कुलै सम्भव छ,’ एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीकहाँ छ । तर, हामीले धेरै सिट ल्यायौं भने कसैलाई बहुमत ल्याउन नसक्ने परिपाटीमा पनि सकिन्छ ।’

अहिलेको समानुपातिक प्रणालीमा हङ पार्लियामेन्टमा हुने बताउँदै उनले यही प्रणालीमा बसेर बहुमत ल्याउन लाग्नुपर्ने उनले बताए ।

‘समानुपातिक प्रणाली साधरणतया हङ पार्लियामेन्टमा हुन्छ । यसले कसैको बहुमत आउँदैन । तर, प्रणाली हामीले चुनिसकेको छौं । अहिले यो प्रणाली नै कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्ने छ । यो कष्टसाध्य छ, चुनौतीपूर्ण छ तर पनि यो काम नेकपा एमालेका लागि सम्भव छ । हामी एकल बहुमत ल्याउने तयारीमा जुटेका छौं ।’

आफ्नो पार्टी आन्दोलनबाट माझिएर आएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस अनुसार नै अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?