
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभा बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिनेछन्।
- बैठकमा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन पेस हुनेछ।
- भूमि ऐन संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
६ जेठ, काठमाडौं । आज संघीय संसदको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।
प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।
साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अपडेट : प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
प्रतिक्रिया 4