News Summary
Generated by OK AI. Editorially reviewed.- प्रिमियर लिगको च्याम्पियन लिभरपुल ब्राइटनसँग ३-२ ले पराजित भएको छ ।
- लिभरपुललाई हराएपछि ब्राइटनले अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम राखेको छ ।
- ब्राइटनका यासिन अयारी, काओरु मिटोमा र ज्याक हिन्सेलउडले गोल गरे भने लिभरपुलका हार्भे एलिओट र डोमिनक सोबोजलाईले गोल गरे ।
६ जेठ, काठमाडौं । प्रिमियर लिगको उपाधि पक्का गरिसकेको लिभरपुल फेरि पराजित भएको छ ।
प्रतिस्पर्धात्मक खेलमा ब्राइटनले दुई पटक पछि परेको स्थितीमा पुनरागमन गर्दै च्याम्पियन्सि लिभरपुलाई ३-२ ले पराजित गरेको हो ।
ब्राइटनका लागि यासिन अयारी, काओरु मिटोमा र ज्याक हिन्सेलउडले एक-एक गोल गरे । लिभरपुलका लागि हार्भे एलिओट र डोमिनक सोबोजलाईले गोल गरे ।
लिग उपाधि पक्का गरेयता लिभरपुलले यो दोस्रो र समग्रमा चौथो हार हो । उपाधि जितेपछि लिभरपुल चेल्सीसँग पराजित भएको थियो भने आर्सनलसँग बराबरीमा रोकिएको थियो ।
हार्भे एलिओटले नवौँ मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर यासिनले ३२औं मिनेटमा ब्राइटनका लागि बराबरी गोल गरे ।
डोमिनिक सोबोजलाईले पहिलो हाफको इन्जुरि टाइममा गोल गर्दै लिभपुरललाई २-१ को अग्ता दिलाएका थिए । तर लिभरपुलले त्यसलाई कायम राख्न सकेन ।
मिटोमाले ६९औं मिनेटमा गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए । त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ज्याकले ८५औं मिनेटमा गोल गर्दै ब्राइटनलाई जित दिलाएका हुन् ।
जितपछि ब्राइटन ३७ खेलबाट ५८ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।
यो जितपछि ब्राइटनले अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम राखेको छ । ब्राइटनले लिगको अन्तिम खेलमा टोटनहमसँग खेल्दैछ । प्रिमियर लिगमा आठौं स्थानमा सकाउने टिमले अर्को सिजन युइएफए कन्फेरेन्स लिग खेल्न पाउने सम्भावना छ ।
प्रतिक्रिया 4