+

नेपाललाई थाइल्याण्डको बलियो लक्ष्य

२०८२ जेठ  ६ गते १०:२५ २०८२ जेठ ६ गते १०:२५
नेपाललाई थाइल्याण्डको बलियो लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाललाई आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डदे बलियो लक्ष्य दिएको छ।
  • नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन्। नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १-१ विकेट लिए ।
  • विजेताले एसिया छनोटको उपाधि जित्नेछ।

६ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ ।

थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै नेपाललाई १५९ रनको लक्ष्य दिएको हो । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् । उनले २८ बलमा आक्रामक अर्धशतक बनाएकी हुन् ।

ओपनर नताया बूचाथामले पनि ५० रन बनाइन् । अफिसरा सुवानचोनराथीले २९ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १-१ विकेट लिए ।

नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन् । आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने छ ।

सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो ।

थाइल्याण्ड हालसम्म यस प्रतियोगितामा अपराजित छ । समूह चरणमा २ जित निकाल्दा २ रद्द भएको थियो भने सुपर थ्री मा यूएईलाई हराएको थियो ।

नेपालले हालसम्म थाइल्याण्डलाई महिला टी-२०आईमा हराउन सकेको छैन ।

नेपाली महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय