News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल यू-१९ फुटबल टिमले साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुग्यो र बंगलादेशसँग पराजित भयो।
- नेपालले यस पटक फाइनलमा स्थान बनाउन सकेन र उपविजेता भयो।
- नेपालले घरेलु मैदानमा भएको यू-२० च्याम्पियनसिपमा पनि उपविजेता बनेको थियो।
६ जेठ, काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप फुटबल खेलेर नेपाली यू-१९ फुटबल टिम मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई एन्फाका अफिसियलले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुगेर बाहिरिएको थियो । सेमिफाइनलमा नेपाल साविक विजेता बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।
उपाधि जित्ने लक्ष्यसहित भारत पुगेपनि नेपालले यस पटक फाइनलमा समेत स्थान बनाउन सकेन ।
समूह चरणमा श्रीलंकाला२ पहिलो खेलमा ५-० ले पराजित गरेको नेपाल दोस्रो खेलमा भारतसँग ४-० ले पराजित भएको थियो ।
गत वर्ष घरेलु मैदानमा भएको साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँगै पराजित हुँदा उपविजेता बनेको थियो ।
फोटो : एन्फा
प्रतिक्रिया 4