+
+
Shares

मन्त्रिपरिषद् बैठक बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
  • प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बैठक बस्दैछ।
  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले छलफल गरेपछि बैठक बोलाइएको हो।

६ जेठ, काठमाडौं । मन्त्रिपरिगषद् बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका थिए ।

लगत्तै बैठक बोलाइएको हो । नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ । यद्यपि, यो समाचार तयार पार्दासम्म गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिको बैठक भने बसेको छैन ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।

गभर्नरको नाममा सहमति जुट्न नसक्दा सत्तारुढ दलबीच यो विषय पेचिलो बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?