+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हुम्लामा हेलिकप्टरबाट एक सुत्केरीको उद्धार

नरजन तामाङ नरजन तामाङ
२०८२ जेठ ६ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लामा १८ वर्षकी किशोरीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ।
  • सुत्केरीको उपचार नसकेपछि उनलाई सुर्खेत प्रादेशिक अस्पतालमा रेफर गरिएको हो।
  • राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट रेफर गरिएको जानकारी दिइएको छ।

६ जेठ, हुम्ला । चंखेली गाउँपालिका- ६ की १८ वर्षकी किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेकी १८ वर्षकी धनशिला बुढाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

३२ हप्ता भित्रै सुत्केरी बेथा लागेर हुम्ला जिल्ला अस्पताल हुम्लामा उपचार गर्न चंखेली गाउँपालिकाबाट ल्याइएको थियो ।

यता उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरेको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख प्रतिक्षा भारतीले जानकारी दिइन् ।

सुत्केरीको शरिरमा पुरै बिबिरा, खाल्को पनि थियो शरिरमा रगतको मात्रै कम भएकोले र यता बाट औषधि हुन नसकेपछि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरेको कार्यालय प्रमुख भारतीको भनाइ छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट रेफर गरेको छ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?