News Summary
Generated by OK AI. Editorially reviewed.- श्री भगवती क्लबले टोखा ए डिभिजन लिगमा पहिलो पटक उक्लिएको छ।
- श्री भगवतीले ब्वाइज युनियनलाई २-१ ले पराजित गरी ए डिभिजनमा प्रवेश गर्यो।
- प्लानिङ ब्वाइज युनाइटेड च्याम्पियन रहदै लिग समाप्त भएको छ।
६ जेठ, काठमाडौं । श्री भगवती क्लब टोखा ए डिभिजन लिगमा बढुवा भएको छ । शहिद स्मारक बी डिभिजन लिग अन्तर्गत मंगलबार भएको खेलमा ब्वाइज युनियन क्लबलाई २-१ ले पराजित गर्दै श्री भगवती पहिलो पटक ए डिभिजन लिगमा उक्लेको हो ।
यसअघि नै प्लानिङ ब्वाइज युनाइटेड ए डिभिजन लिगमा बढुवा भइकेको छ । जितपछि दोस्रो स्थानमा रहेको श्री भगवतीले १२ खेलबाट २६ अंक जोडेको छ । ब्वाइज युनियन समान खेलबाट १९ अंकसहित चौथो स्थानमा छ । अब श्री भगवतीले अन्तिम खेलमा हार व्यहोरेपनि ब्वाइज युनियनले भेट्ने छैन ।
यस्तै पुछारमा रहेका टुसाल युथ क्लब र नयाँबस्ती युथ क्लब यसअघि नै रेलिगेसनमा पर्दै सी डिभिजनमा घटुवा भइसकेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवतीलाई जित दिलाउन शिशिर लेखी र अजित लामाले गोल गरे ।
शिशिर लेखीले छैटौं मिनेटमै गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए । अजितले ३८औं मिनेटमा श्री भगवतीको अग्रता दोब्बर पारे । ब्वाइज युनियनका लागि सन्जिव लामाले ७९औं मिनेटमा एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।
आजको खेलको नतिजापछि बी डिभिजनबाट ए डिभिजनमा बढुवा हुने दुई क्लब र सी डिभिजनमा घटुवा हुने दुवै क्लबको टुङ्गो लागेको छ । प्लानिङ ब्वाइज र श्री भगवती क्लब बढुवा हादा टुसाल र नयाँबस्ती युथ क्लब घटुवा भएका हुन् ।
अपराजित रहँदै १२ खेलबाट ३० अंक जोडेको प्लानिङ ब्वाइज च्याम्पियन समेत बनिसकेको छ । लिगमा अब १२औं तथा अन्तिम चरणको खेल हुन बाँकी छ ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4