+
+
Shares

ट्राभल्स सञ्चालकले नक्कली कागजात देखाएर ४ लाख ठगेको आरोप

गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक श्रृजेश कार्कीलाई प्रहरीले ठगीको कसुरमा पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक श्रृजेश कार्कीलाई ठगीको आरोपमा पक्राउ गरेको छ।
  • उनीहरूले अन्तर्राष्ट्रिय अपांगता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूबाट रकम लिइसके पनि नक्कली टिकट, भिसा र होटल बुकिङ देखाएको प्रहरीले बताएको छ।
  • कार्की फरार रहेको र उनीसँग सम्बन्धित दुई बैंकिङ कसुर मुद्दामा जाहेरी परेको छ।

६ जेठ, काठमाडौं । गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक श्रृजेश कार्कीलाई प्रहरीले ठगीको कसुरमा पक्राउ गरेको छ ।

उनले चार लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ । अन्तर्राष्ट्रिय अपांगता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूको हवाइ टिकट, ट्रान्जिट भिसा, होटल बुकिङ गरिसकेको भन्दै उनीहरूबाट कार्कीले रकम उठाएर ठगी गरेको आरोप छ ।

यसका लागि उनले टिकटदेखि, भिसा, होटल बुकिङ समेत नक्कली देखाएको प्रहरीले बताएको छ । २१ वर्षीय कार्की हिसी शेर्पाको जाहेरी रहेको ७ लाख ५० हजार रुपैयाँको बैंकिङ कसुर मुद्दामा फरार रहेको खुलेको छ । त्यसैगरी राजिव तामाङको जाहेरी रहेको ६ लाख रुपैयाँको अर्को बैंकिङ कसुर मुद्दामा पनि फरार रहेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?