+
+
Shares

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ७ जेठ काठमाडौंमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई भेट गर्नुभएको थियो।
  • अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिको समन्वय आवश्यक रहेको बताए भने गभर्नरले समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्त गरे।
  • सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र अन्य अधिकारीहरूले नयाँ गभर्नरलाई बधाइ दिए।

७ जेठ, काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेट गरेका छन् ।

आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेट गरेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए ।

अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्त्वपूर्ण पहल गर्ने उनले विश्वास व्यक्त गरे ।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?