+
+
Shares

पोखरा विमानस्थलको उपसमितिमा जनार्दन रहँदा योगेशको आपत्ति, भने- स्वार्थ बाझिएन ?

‘उहाँले २०७८ भदौ २ गते र २०७८ असोज १९ गते भन्सार छुटको निम्ति स्वीकृति दिनुभएको छ । उहाँ नै बसेर यो प्रतिवेदन बनाइरहनुभएको छ । अनि कसरी द्वन्द्वको स्वार्थ बाझिएन भन्ने ? निर्णय प्रक्रियामा भएको मान्छे छानबिन समितिमा कसरी बस्ने ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता छानबिनमा संलग्न सदस्य जनार्दन शर्मामाथि प्रश्न उठाए।
  • निर्णय प्रक्रियामा रहेका तत्कालीन अर्थमन्त्री शर्मा उपसमितिमा हुँदा स्वार्थको द्वन्द्व हुने उनले शंका गरे।

७ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको अनियमिता छानबिन गर्न बनेको उपसमितिका भएका सदस्यमाथि प्रश्न उठाएका छन् ।

बुधबार लेखा समितिको बैठकमा भाग लिँदै सांसद भट्टराईले अहिले उपसमितिमा भएका सदस्य नै त्यतिबेला निर्णय प्रक्रियामा रहेकोले स्वार्थको द्वन्द्व हुन्छ कि ? भन्दै प्रश्न गरे ।

उनले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा निर्णय प्रक्रियामा पनि रहेको र उपसमितिको सदस्य पनि रहेकाले स्वार्थको द्वन्द्व हुनसक्ने जिकिर गरे ।

‘भैरहवाकै प्रतिवेदन बनाउन तपाईंले मलाई रोक्नुहुन्छ भने यो पनि मान्न सकिँदैन । महालेखाको पनि आफ्नै रिपोर्ट होला । मलाई केही भन्नु छैन । तत्कालीन अर्थमन्त्रीज्यू (शर्मा) जो अहिले उपसमितिको सदस्य हुनुहुन्छ,’ भट्टराईले भने, ‘उहाँले २०७८ भदौ २ गते र २०७८ असोज १९ गते भन्सार छुटको निम्ति स्वीकृति दिनुभएको छ । उहाँ नै बसेर यो प्रतिवेदन बनाइरहनुभएको छ । अनि कसरी द्वन्द्वको स्वार्थ बाझिएन भन्ने ? निर्णय प्रक्रियामा भएको मान्छे छानबिन समितिमा कसरी बस्ने ?’

उपसमितिको संयोजक राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन छन् । सदस्यहरू लेखनाथ दाहाल, अर्जुनरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणी राना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?